Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

लोकप्रियतावादी शक्तिहरु छिट्टै किनारा लाग्छन् : केन्द्रीय सदस्य तिमिल्सैना


अछाम । विजय दशमी तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् बान्नीगढी जयगढ गाउँपालिका कमिटीको आयोजनामा शुभकामना प्रदान कार्यक्रम जयगढमा सम्पन्न भएको हो ।

परिषद्का पालिका कमिटी उपाध्यक्ष कृष्ण बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कमलराज तिमिल्सैना प्रमुख अतिथि रहेका थिए ।

देशको राष्ट्रिय राजनीतिमा नेकपा एमाले मियोको रुपमा स्थापित हुँदै गर्दा एमाले विरुद्ध विभिन्न अफवाह फैलाउने काम भईरहेको भन्दै यसतर्फ सजग हुन केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख तिमिल्सैनाले आग्रह गरेका छन्

लोकप्रियतावादी शक्तिहरू एमाले नेतृत्वका विरुद्ध लागि परेको बताउँदै उनले ती शक्तिहरू निकट भविष्यमै आफै किनारा लाग्ने दाबी गरेका छन् ।

वर्तमान सरकारसँग जनताका थुप्रै अपेक्षा र विश्वास रहेको बताउँदै वर्तमान सरकारलाई सफल पार्न पार्टीका नेता तथा कार्यकर्ताले समेत खुलेर सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

पार्टी भित्रका असन्तुष्टि पार्टीभित्रै छलफल गरि आत्मालोचना सहित अघि बढेर एमालेको मिसन ८४ का लागि प्रतिबद्ध बन्नुपर्ने उनको जोड छ ।

कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य,विभिन्न भातृसंगठनका पदाधिकारी लगायत पालिका स्तरका नेताहरू सहभागी थिए ।

परिषद् सदस्य टेक बहादुर ठकुल्लाले स्वागत गरेको कार्यक्रमको संचालन पार्टीमा पालिका सचिव लोक बहादुर ठकुल्लाले गरेका थिए ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode