Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा वन अतिक्रमण गरी लगाइएको धान काटियो


धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ।

अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले बताए। सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो। अतिक्रमण नगर्न पटकपटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनले बताए। अध्यक्ष डगौराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ।

धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो।

सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दैआएको थियो। सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode