Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एमालेका कार्यकर्ता सडकमा उत्रिए


अछाम- अछाममा नेकपा एमालेका कार्यकताहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपि शर्माओलीको गलत कदम विरुद्ध एमाले नेता तथा कार्यकर्ता प्रदर्शन गरेका हुन् ।

एमाले कार्यकर्ताले नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, भुमाफिया मुर्दावाद, डा. भीम रावललाई दिएको चेतावनी फेर्ता ले लगाएतका नारा सहित प्रदर्शन गरेका हुन् ।

यस्तै नेकपा एमाले साँफेबगर नगर कमिटीको आयोजनामा नेता तथा कार्यकर्ता भेला कार्यक्रम पनि सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षताम सो बैठक सम्पन्न भएके हो ।

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवम सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज लेखराज भट्टले २०८१ असोज ११ गते नेपाल प्रेसमा दिएको असत्य र भ्रमपूर्ण अन्तरवार्ताको डा. भीम रावलले वार्ता टोली समक्ष भएको यर्थाथता र तथ्यपरक कुरा लेखेको विषयमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले पार्टीको कुनै पनि बैठकमा छलफलको विषय नै नबनाई पार्टीको लेटरप्याड र छाप प्रयोग गरि व्यक्तिगत ढंगले विज्ञप्ती निकाली पार्टीका नेता डा. भीम रावललाई दिएकको चेतावनी विषयमा सो विरोध प्रदर्शन गरिएको बताईएको छ ।

अछामको साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटीका सदस्यहरुको तर्फबाट त्यस विज्ञप्तीको घोरभत्र्सना र खेद प्रकट गर्दै समयमै उक्त विज्ञप्ती सच्याईयोस् र फेर्ता लिईयोस् भन्ने माग समेत गरिएको नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटीले बताए ।

यस्तै पार्टी कार्यालयको जग्गा दान र भवन निर्माणका विषयमा डा. भिम रावलले पार्टीको मुल्यमान्यता, सिद्धान्त, पद्धती र परम्परा विपरित विभिन्न मुद्धामा परि रहेका व्यक्तिबाट जग्गा लिने र निजलाई नै भवन निर्माण गर्न जिम्मा दिने जस्ता कामले पार्टीको छवि र सिद्धान्तमा आँच आउने धारणा व्यक्त गरिएको छ ।

बैठकले नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लगायतको परामर्श र छलफल पश्चात मिति २०८१ कार्तिक ५ गते साँफेबगर नगर कमिटीले नेता तथा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा उपस्थिति नै नभएर जिल्ला कमिटी सचिवालय सदस्य मार्फत फेसबुकमा बैठक स्थगित भएको सूचना लेख्न लगाएकोले नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्य लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। बैठकको संचालन नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode