डिम्बर घाटको प्रहरी चौकि सार्नुको प्रमुख कारण के?
बैतडी- बैतडीको पञ्चेश्वर गाउंपालिका वडा नम्बर २ डिम्बरघाटमा रहेको महाकाली प्रहरिचौकि सारिएको छ ।
वडा नम्बर ३ को कुलाउँमा महाकाली प्रहरीचौकिलाई स्थानान्त्रण गरिएको हो ।
महाकाली प्रहरी चौकिमा कार्यरत निमित्त प्रहरी हवल्दार कृष्ण जोशीले डिम्बर घाटकी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको घटनासंग जोडिएकोले चौकि नै सारेको त्यहाँका बासिन्दा बताइरहेका छन् ।
अहिले प्रहरी हवलदार जोशी पक्राउ परेका छन् । उनी निलम्बन भइसकेका छन् । किशोरी वेपत्ता पारेको आरोप उनलाइ लागेको छ । उनीमाथि दोस्रपटक म्याद थपेर अनुसन्धान भइरहेको छ । तर उनले वेपत्ता पारेकी भनिएकि किशोरी अझै फेला परेकी छैनन् ।
किशोरी वेपत्ता भएको घटना पछि महाकालीका सबै प्रहरीलाइ जिल्ला तानिएको थियो । त्यहाँ प्रहरी परिवर्तन गरिएको थियो ।
किशोरी खोज्दा नभेटिएको तथा प्रहरीबाट महिला तथा किशोरीहरु नै असुरक्षित भएको भन्दै डिम्बर बस्तिका स्थानीय र जनप्रतिनिधिहरुले चौकि सार्न माग गरेका थिए । फेरी महाकाली चौकिलाई कुलाउँमा स्थानान्त्रण गरिएको हो ।
अहिले प्रहरीले किशोरीको खोजी गरी आरोपितलाई कारवाहि गर्नुपर्नेमा चौकि नै उठेको गुनासो स्थानीयबासिन्दा गरिरहेका छन् ।
किशोरीको खोजी गर्न लापरर्वाहि गरिरहेको किशोरिका आफन्त प्रेमसिंह मगोंलाले बताए ।
तर जिल्ला प्रहरी कार्यालय बैतडीले भने सबै क्षेत्रबाट पायक पर्ने ठाउँमा चौकि नहुँदा अहिलेलाई कुलाउँमा स्थानान्त्रण गरिएको जनाएको छ ।
स्थानीयकै घरमा भाडा तिरेर बसेको र भवन पनि जिर्ण हुँदा कुलाउंमा स्थानान्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब निरीक्षक मुकुन्द कुमार मिश्रले बताए ।
उनले भने, ‘प्रहरी चौकि भएको ठाउँमा दैनिक सञ्चारले काम गर्दैन्, धेरै पुरानो भवन छ त्यो पनि जिर्ण छ, जनशक्ति थप्न ठाउँ पनि छैन् विभिन्नि कारणले त्यहाँ बस्न समस्या हुँदा अर्को व्यवस्थापन नहुँदासम्मका लागि कुलाउँमा स्थानान्त्रण गरिएको हो ।’
चौकिको भवनका लागि सबै क्षेत्रबाट अनुकुल हुने ठाउँ खोजि गर्न लागिएको उनले बताए ।
महाकाली चौकि न उठेको तर केहि समयका लागि कुलाउँमा स्थानान्त्रण गरिएको उनको भनाइ छ । अहिले सो क्षेत्रमा कुलाउँ प्रहरी चौकि र हल्दुविनायक प्रहरी चौकिले हेर्ने गरिएको उनले बताए ।
महाकाली प्रहरी चौकि डिम्बरघाटमा २०६३ पुस २५ मा स्थापित भएको थियो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया