अन्तिम पटक चौकिमा सुतेका हवल्दारलाई भेटेर वेपत्ता भएकि थिईन डिम्बर घाटकि किशोरी
बैतडी – बैतडीको पञ्चेश्वर गाउंपालिका वडा नम्बर २ कि १७ वर्षीया किशोरी हराएको आज २३ दिन भइसकेको छ, तर उनी अझै फेला पर्न सकेकी छैनन् ।
असोज २३ गते साँझ ६ बजेदेखि राति १० बजेसम्म बेपत्ता रहेकी किशोरी प्रहरी हवल्दार कृष्ण जोशीसंग रहेको खुलेको छ ।
घरबाट किशोरी र चौकिबाट हवल्दार जोशी ४ घण्टा सम्पर्क विहिन भएका थिए । असोज २४ गतेको दिन दिनभर किशोरीले खेतमा काम गरेको बताइएको छ । तर २५ गते बिहान ६ बजेदेखि किशोरी बेपत्ता भएकि थिईन् ।
भएको यस्तो थियो
प्रहरी हवल्दारले दिएको बयान अनुसार विहान हवल्दार जोशि आफ्नै कोठामा सुतेका थिए । उनी सुत्ने कोठा अलग्गै छ । अरु कर्मचारी सुत्ने तिर संगै कोठा छन भने हवल्दार सुत्ने कोठा अलग साइडमा रहेको बताइएको छ ।
असोज २५ गते विहानको समयमा उनी मस्त सुतिरहेका थिए । सोहि समयमा किशोरी जोशिको ढोकामा आइपुग्छिन्, र उनलाई केही कुरा गर्नुछ भन्दै बाहिर बोलाउँछिन् ।
त्यसपछि जोशी र किशोरी चौकिका अन्य स्टाफले कुराकानि गरेको सुन्न सक्छन भनेर चौकि भन्दा केहि टाढा गएर कुराकानि गर्न थाले । किशोरीले जोशिलाई आफ्नो घरबाट तनाव दिनथालेको कुरा बताइन् ।
२३ गते राति दुवै जना हराएको बारे घरमा थाहा भइसकेको र आफुलाई डर लागिरहेको कुरा उनले बताएको बयानमा भनिएको घटनाको अनुसन्धानमा खटीएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुगांनाले बताए ।
किशोरीले दुवै जनाको निकट सम्बन्धको बारे घरमा थाहापाएको र केही गर्न जोशि सगं भनेको बताइएको छ ।
तर हवल्दार जोशीको घरमा श्रीमती र छोराछोरी छन् । उनले आफ्नो परिवारलाई जानकारी गराउने र त्यसपछि केहि व्यवस्थापन गर्ने भनेर दुवै जना त्यहाँबाट आ आफ्नो गन्तव्य लागेको बताइएको छ ।
किशोरी पानी भर्छु भनेर खोलातिर गएको र आफु चौकिमा आएर फेरी सुतेको जोशीले बयानमा भनेको बताइएको छ ।
तर किशोरी घर न फर्केपछि परिवारले खोजी गर्न थाले ।
हवल्दार जोशीले नै गायब गरेको परिवारको दाबी
२३ गतेको घटनाले परिवारमा शंका पैदा गरेको थियो । छिमेकि आफन्तकोमा खोजि गर्दा कतै नभेटिएपछि परिवारले हवल्दारलाई नै खोज्न भने ।
प्रेमसिंहले भने, ‘हामीलाई २३ गतेको घटना पछि पुरा शंका लागेको थियो । हामीले कतै फेला नपारेपछि हवल्दारलाई नै खोज्न भन्यौँ । जसरी पनि हाम्री छोरी चाहिन्छ हाम्रो पुरा शंका तपाइमा छ भनेर दबाब दियौँ ।’
फेरी हवलदार भागे
किशोरीका परिवारले हवल्दारलाई दबाव दिन थालेपछि उनले पनि भाग्ने सोच बनाए । किशोरी खोज्न जान्छु भन्दै हवल्दार जोशी तल्लो घाट नागार्जुन घाट तिर गए । उनी नागार्जुनघाटको डुगांमार्फत तरेर भारततिर भागेका थिए ।
हवल्दार भगाउन अन्य स्टाफहरुको पनि सहयोग रहेको प्रेमले बताए ।
प्रेमले भने, ‘पहिले हवल्दार जोशि गए । पछि सहायक हवल्दार र एक जना प्रहरी जवानले जोशिका लुगाकपडासहितको झोला सिमेन्टको कट्टामा हाली बाटोसम्म पुर्याए ।’
हवल्दार जोशि पनि भागेको थाहा पाएपछि परिवारले भारतमा एसएसबी लगायत आफन्तहरुलाई समात्न अनुरोध गरेको प्रेमले बताए ।
जोशिलाई भारतको सुर्यखालबाट डोरीले बाँधेर वारी ल्याइएको थियो । फेरी जोशीलाई प्रहरीको जिम्मा लगाएको थियो ।
अहिले प्रहरी हवल्दारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । किशोरी भने वेपत्ता नै छन् ।
उनीहरुबीच निकट सम्बन्ध रहेको खुलेको छ । हवल्दारको फोनमा किेशोरीसंग अगांलो हालेका, किस गरेको तथा विभिन्न फोटो भिडियोहरु रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया