Hikmat Acharya
  • २९ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा पराल बोकेको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते


अछाम- अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन्।

यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा घाइते भएका छन्।

उक्त दुर्घटनामा घाइते भएकामध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र टाउको र घाँटीमा चोट लागेको धने टमट्टालाई थप उपचारका अन्यत्र लगिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

ढकारीको चाइराबाट परालसहित ११ जना सवार सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो।

पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

ट्याक्टरमा सवार रहेका अन्य चार जना भने सकुशल रहेको भण्डारीको भनाइ छ। दुर्घटना भएको ट्याक्टरका चालक सोही गाउँपालिका–१ का २९ वर्षीय लोकबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode