Hikmat Acharya
  • २९ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बाजुरामा देउसी भैलो खेलेर शिक्षकलाई तलब दिइयो


बाजुरा- बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब दिइएको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ ।

विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले बताए ।

उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको अध्यक्ष बोगटीले बताए । उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode