चिसो बढेपछि दार्चुलाको टिंकर प्रहरी चौकी छाङरु झर्यो
दार्चुला– दार्चुलाको टिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ । तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।
छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो । चिसो बढेपछि टिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् ।
प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, कला-साहित्य, खेलकुद, पश्चिम खोज, रोचक, व्यापार/प्रर्वद्धन, शिक्षा, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया