Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

नेपालगन्जमा ‘फेसियल हाउस’को नयाँ शाखा विस्तार


नेपालगन्ज : बाँकेको नेपालगन्जमा ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगन्ज शाखाको उद्घाटन संयुक्त रूपमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले रिबन काटेर गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले फेसियल हाउसले व्यवसायिक सफलता सगैं ग्राहकको मन जित्नेमा विस्वस्थ रहेको बताए । नेपालगन्जमा यस किसिमको व्यवसाय धित्रनु शहरको गौरबको विषय बनेको धामीले उल्लेख गरे । ७५ लाख बढिको लगानीमा न्युरोडमा सन्चालनमा आएको फेसियल हाउसले केहि महिना अघिदेखी नै आफ्नो सेवा सुरु गरिसकेको भएपनि शनिबार औपचारीक रुपमा उद्घाटन गरिएको संचालिका सुष्मा महराले जानकारी दिइन ।

नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै महराले बताइन । देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुुख्यकार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी, सुुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगन्जका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

फेसियल हाउसकी संचालिका महराले यस नयाँ शाखाले सौन्दर्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै नेपाली सौन्दर्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । नेपालगञ्ज शाखा सबिना बुडाऐर र रितेश भुजेलले ल्याएका हुन् । बुडाऐर र भुुजेलले ग्राहकहरूको सन्तुष्टि र गुणस्तरीय सेवा सुनिश्चित गर्दै फेसियल हाउसको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाएका छन् । रितेश र सविना दम्पतीले धनगढीमा समेत फेसीयल हाउसको शाखा संचालन गर्दै आएका छन् ।


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode