अछामको कमलबजारमा महिला भलिवल प्रतियोगीता हुने
अछाम– अछाममा पालिकास्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।
मंसिर २२ गतेबाट कमलबजार नगरपालिका अछाममा भलिबल प्रतियोगिता हुने भएको हो ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितका हुने कमलबजार नगरपालिकाका खेलकुद संयोजक धिरज रावतले बताए ।
उनका अनुसार कमलबजार नगरपालिकाको आयोजना र समविकास नेपाल अछामको समन्वय र सह–आयोजनमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने छ ।
जिल्लाका १० वटै पालिका भित्रका खेलाडी सहभागि हुन सक्ने बताइएको छ ।
सो खेलमा प्रथम पुरुस्कार १ लाख ५१ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र दिइने छ ।
यस्तै द्धितियलाई १ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, तृतियलाई ५० हजार नगद सहित मेडल र प्रमाणपत्र र सान्त्वनालाई २१ हजार नगदसहित प्रमाणपत्र दिइने बताइएको छ ।
यस्तै उत्कृष्ट ६ विधाका खेलाडिलाई ३ हजार नगद सहित मेडल र प्रमाणपत्र दिइने बताइएको छ ।
क्याटेगोरी : खेलकुद, पश्चिम खोज, सुदूरपश्चिम
प्रतिक्रिया