Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

६ चैत, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने त्यस्तो अवस्था नआउने आफूलाई विश्वास रहेको बताए । ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ ।
अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ’ उनले भने ।

प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उनले बताए ।

‘यो अवस्था आउने निश्चित भन्ने मलाई लागिरहेको थियो । हामी नजिकबाट यसो चियाउने त हो नि, अलि अलि नाडी छाम्ने हो, घटनाक्रमलाई यसो हेर्ने हो, किन यस्तो भएो छ भन्ने अध्ययन गर्ने हो ।

अलि अलि मनोविज्ञानले काम गरेको छ भने अनुहार हेरेर मनोविज्ञानको अध्ययन गर्ने हो ।

बर ब्यवहारको आधारमा बुझ्ने हो । यी सबै कुराको सन्दर्भमा यो अवस्था आउनु अवश्यंम्भावी थियो आयो’ उनले भने ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode