Hikmat Acharya
  • २७ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

२०८४ मा माओवादी केन्द्र पहिलो दल बन्छ : केन्द्रीय सदस्य तरङ्ग


अछाम । नेकपा माओवादी केन्द्र चौरपाटी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अगुवा नेता दीपक साउद तरङ्गको प्रमुख आथित्यतामा विस्तारित बैठक सम्पन्न भएको हो ।

गाउँपालिका कमिटी अध्यक्ष जीवन विक्रम साउँदको अध्यक्षतामा भएको विस्तारित बैठकमा केन्द्रीय सदस्य तरङ्ग प्रमुख अतिथि प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज राम बहादुर थापा विशिष्ट अतिथि रहेका थिए ।

विस्तारित बैठकबाट चौरपाटी गाउँपालिकाका सबै वडामा यही मंसीरभित्र वडा अधिवेशन गरिसक्ने निर्णय गर्नुका साथै वडा अधिवेशनका लागी प्रतिनिधि समेत छनोट गरिएको छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि केन्द्रीय सदस्य तरङ्गले उप निर्वाचनको परिणामले जनताको अभिमत नेकपा माओवादी केन्द्रका साथमा रहेको पुष्टि गरेको दाबी गरे ।

आगामी निर्वाचनसम्म जनताको घरदैलोका समस्या,आवश्यकता र राष्ट्रियताको सवालमा फरक दृढता र सङ्कल्प सहित बहुमतका साथ माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने उनको दाबी छ ।

माओवादी नेतृत्वको सरकारमा देश र जनताको हितमा भएका काम र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता लिएकै कारण विभिन्न षडयन्त्र पूर्वक माओवादी नेतृत्वको सरकार ढलाइएको उनको आरोप थियो ।


क्याटेगोरी : 2, blog, diabete, FinTech, fr, IT Образование, nl, potency, se, Форекс Обучение, अन्तर्राष्ट्रिय, कला-साहित्य, खेलकुद, पश्चिम खोज, राजनीति, रोचक, व्यापार/प्रर्वद्धन, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode