लमजुङका २ वटा क्याम्पसमा नेविसङ्घ र एउटामा अनेरास्ववियु विजयी
स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावमा लमजुङमा २ वटा क्याम्पसमा नेविसङ्घ र एउटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।
लमजुङको बेसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पस, सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्स नेविसङ्घ र सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।
मर्स्याङ्दीमा नेविसङ्घ र अनेरास्ववियु ९क्रान्तिकारी० का तर्फबाट स्ववियु सभापतिमा नेविसङ्घका सुगम देउजा निर्वाचित हुनुभएको हो ।
सचिवमा नेविसङ्घकै पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा शर्मिला भण्डारी, सदस्यहरूमा अनिता थापा, करुणा वाग्ले, प्रितम विक, शरण पौडेल, र सुनील भट्ट निर्वाचित हुँदा अनेरास्वियु क्रान्तिकारीबाट सदस्यमा सविना प्रजा चेपाङ निर्वाचित हुनुभएको छ ।
यसैगरी समानुपातिकतर्फ नेविसङ्घका वसन्तराज कुइँकेल प्रकाश जमुना श्रेष्ठ, पुष्पा तामाङ र अनेरास्ववियु ९क्रान्तिकारी० की जुना तामाङ सदस्यमा निर्वाचित हुनुभएको छ ।
मातृभूमिमा नेविसङ्घका विशाल थापा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा नेविसङ्घकै अभिषेक पौडेल, कोषाध्यक्षमा ज्योति सार्की विजयी, क्याम्पस सदस्यहरूमा किरण श्रेष्ठ, तीर्थराज थापा र मनिषा थापा निर्वाचित हुनुभएको छ ।
समानुपातिकतर्फ सदस्यहरूमा नेविसङ्घकै हसन मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित हुनुभएको छ । यस्तै लमजुङ कृषि क्याम्पसमा अनेरास्वियुका वीरेन्द्र जिसी सभापतिमा विजयी हुनुभएको छ ।
सचिवमा अनेरास्ववियुकै विराज सुवेदी, कोषाध्यक्षमा गौरव जोशी, खुल्ला सदस्यर्फ चेता ाना, रसिक खनाल, विराज खड्का, विनिता कार्की र धनकुमारी गुरुङ विजयी हुनुभएको छ ।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकै अर्जुन ढकाल, अनिसा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की ओली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ ।
लमजुङको इशानेश्वर क्याम्पस, पुष्पलता क्याम्पस र मंगला क्याम्पसमा भने स्ववियु चुनाव भएन ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार
प्रतिक्रिया