Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावको पक्षमा १७२ सांसदले मत िएसँगै विश्वासको मत पाएका हुन् । उक्त प्रस्तावको विपक्षमा ८९ मत परेको छ । आज कुल २६२ सांसद उपस्थित भएकामा १ मत तटस्थमा परेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

१० पुसमा एमालेसँग गठबन्धन गरेर प्रचण्ड प्रधानमन्त्रीमा चयन भएका थिए । तर, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उक्त गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको थियो । त्यसपछि सुरुमा प्रचण्डलाई समर्थन गरेका राप्रपा र नेकपा एमालेले समरथन फिर्ता लिएका थिए । त्यसपछि प्रचण्डले विश्वसको मत लिएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा वा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) मा भनिएको छ, ‘प्रधानमन्त्रीले परतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।’

Uniglbe BBADAV
यही संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode