Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

होटलमा विल तिर्ने बेला विवाद हुँदा किशोरको हत्या गरेको आरोपमा ३ जना पक्राउ


काठमाडौं – ललितपुरमा एक किशोरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए ।

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरूमा उक्त रेस्टुरेन्टमै काम गर्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट छन् ।

उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी पौडेलले बताए ।

बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode