धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्यकर्मीको मृत्यु
धनगढी– धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए ।
मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक समेत हुन् ।
प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए । यस्तै खत्रीले चलाएको मोटरसाइकलका सवार २५ वर्षीया शर्मिला थापा भने घाइते भएकी छन् ।
धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलमा र खत्रीले चलाएको सुपप्र ०१००७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया