Hikmat Acharya
  • २० पुस २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा कुखुराको मासु खाँदा एक जनाको मृत्यु, ३ जना बिरामी


अछाम– अछाममा बोयलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका– ३ बयलाका १५ वर्षीय कमल बिकको मृत्यु भएको हो ।

घरमा ल्याएको कुखुराको मासु पकाएर खाएपछि अन्य तीन जना गम्भीर बिरामी भएका छन् ।

बिरामी हुनेमा ७० बर्षीय नाम बिक, १४ वर्षकि सिता बिक र ९ वर्षीय को बिकास बि.क गम्भिर बिरामी भएको बताइएको छ । बिरामी तिनै जनाको जिल्ला अस्पताल मंगलसेन अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक जय पार्किले बताए ।

प्रहरी निरीक्षक पार्किका अनुसार मृतक परिवारले मरेको बोयलर कुखुराको मासु खाएका थिए । शुक्रबार नजिकैको पसलमा कुखुरा मरेको छ भन्ने खबर मृतक परिवारले पाए ।

उनले पसलका साहुलाई त्यो मरेको कुखुरा न फाल्नु हामी खान्छौँ भनेको रहेछन्, र साहुले पनि सो कुखुरा मृतक परिवारलाई दिएछन् ।

शुक्रबार साँझ नै मृतक विकका परिवारले कुखुरा पकाएर खाएको थियो । सोहि रातिदेखि मृतक विक सहित अन्य ३ जना बिरामी भए । शनिबारको दिन पनि पनि उनीहरु घरमै बसिरहे ।

समान्य हो ठिक भइहाल्छ भन्दै उनीहरु अस्पताल नगएको प्रहरीले जनाएको छ । उनीहरुमा रिँगाटा लाग्ने, बानता हुने लगायतका लक्षण देखिएको प्रहरीले जनाएको छ ।

बिरामीले झन च्याप्न थालेपछि मृतकका परिवारले वडा कार्यालय र प्रहरीलाई खबर गर्यो । स्वास्थ्यको टोली जाँचका लागि घर पुग्दासम्म कमल बिकको मृत्यु भइसकेको प्रहरी निरीक्षक पासिर्कले बताए ।

अन्य तिन जनाको अवस्था भने मध्यम रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode