Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

१२ वर्षीया बालिकाको बिहे गराउने दुई जना पक्राउ


अर्घाखाँची– १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

ललाइफकाइ विवाह गराएको अभियोगमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

सकुन्तलाले काम लगाइ दिने भन्दै १२ वर्षीया बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिन्दुर लगाएर घरमा भित्राएको भन्दै बालिकाको कान्छो बुबाले उजुरी दिनुभएको थियो ।

बालविवाहसम्बन्धी जाहेरी परेपछी मुमारामलाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode