भारतको एक स्टिल कारखानामा आगलागी हुँदा ४ जनाको मृत्यु
भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ ।
गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो ।
आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया