Hikmat Acharya
  • २३ पुस २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बाल विवाह न्यूनीकरण र लैङ्गिक समानताका लागी बान्नीगढीमा छलफल : यस्ता छन् रणनीति


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूले बाल विवाह न्यूनीकरण र लैङ्गिक समानताका लागी नीतिगत रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

बाल विवाह न्यूनीकरण र लैङ्गिक समानताका लागी जनप्रतिनिधि लगायतका सरोकारवालाहरूसंगको छलफल कार्यक्रमका सहभागी सरोकारवालाहरूले नीतिगत रुपमा लागी पर्ने निर्णय गरेका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ र वडा नम्बर ४ तिमिल्सैनका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,शिक्षक,महिला बालबालिका तथा किशोर किशोरी समूहका प्रतिनिधि लगायत सहभागी थिए ।

कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका भित्र तथ्याङ्कगत रुपमा बाल विवाहका घटना नदेखिए पनि बस्तुगत रुपमा बाल विवाह हुने क्रम चिन्ताजनक रहेको सहभागीले औँल्याएका छन् ।

कानुनी रुपमा बाल विवाह गर्न नमिल्ने व्यवस्थाबारे जानकारी भए पनि कानुन कार्यान्वयनमा नहुँदा यसको ठाडै उलंघन हुने क्रम बढेको उनीहरूको भनाई छ ।

पछिल्लो समय प्रविधिको बढ्दो दुरुपयोगका कारण पनि बाल विवाहका घटना बढ्दै गएकाले प्रविधिको सदुपयोगमा जोड दिनुपर्ने औँल्याइएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष किरण बहादुर खत्रीले बाल विवाह न्यूनीकरण र लैङ्गिक समानताका क्षेत्रमा बनेका ऐन कानुनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै सरोकारवाला जागरूक बन्नुपर्नेमा जोड दिएका छन् ।

बाल विवाह न्यूनीकरण र लैंगीक समानताका लागी लक्षित वर्ग जागरूक बने मात्रै उपलब्धि हाँसील हुने बताउँदै वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदले लक्षित बर्गलाई जागरूक पार्ने क्रियाकलाप संचालन गरिने प्रतिबद्धता जनाएका छन् ।

बाल विवाह र लैंगीक समानताका क्षेत्रमा बनेका ऐन कानुन कार्यान्वयन गर्ने दायीत्व स्थानीय सरकारसँगै राजनीतिक दल र सरोकारवालाको दायीत्व हुने भएकाले यसको पूर्ण कार्यान्वयन गर्ने सवालमा वडाका घरधुरीमा कानुनी प्रावधानका बिषयमा पत्राचार गरि जानकारी गराउने र तत्पश्चात् कानुन उलंघन गरेमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने ब्यहोरा सहित पत्राचार गर्ने वडा अध्यक्षद्वय साउद र खत्रीले बताएका छन ।

सम विकास नेपालद्धारा संचालित हाम्रो पहिचान परियोजनाको आयोजना र पालिकाको सहकार्यमा गाउँपालिका कार्यालयमा भएको छलफल कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव धनराज साउद र संचालन पवन गिरीले गरेकी थिइन् ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode