Hikmat Acharya
  • २३ पुस २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बुद्धिजीवी परिषद बान्नीगढीद्वारा शैक्षिक सामाग्री तथा न्यानो लुगा बितरण


अछाम । नेपाल बुद्धिजीवी परिषद् बान्नीगढी जयगढ गाउँपालिका कमिटीले शैक्षिक सामग्री तथा फाइबर सिरक बितरण गरेको छ ।

जयगढमा एक कार्यक्रमका बिच गरिब जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री तथा बृद्धबृद्धालाई फाइवर सिरक बितरण गरिएको हो ।

गाउँपालिकाका६ वटै वडाका १७ जना बालबालिकालाई शैक्षिक सामाग्री र १६ जना बृद्धबृद्धालाई फाइवर सिरक बितरण गरिएको बताईएको छ।

परिषद्का गाउँपालिका कमिटी अध्यक्ष रतन बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य निर्मला रावल प्रमुख अतिथि रहेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले परोपकारका क्षेत्रमा बुद्धिजीवी परिषद्ले कामको खुलेर प्रशंसा गरिन् ।

बुद्धिजीवी परिषद्ले गरेका यस्ता कार्य अरू भातृ संगठन,नागरिक समाज र सरकारले समेत अनुसरण गर्नुपर्ने रावलको जोड थियो ।

कार्यक्रममा नेकपा एमाले अछामका सचिवालय सदस्य नवराज साउद विशिष्ट अतिथि जिल्ला सदस्य डवल ठकुल्ला,भरत बहादुर खड्का लगायतका अतिथि रहेका थिए ।

बुद्धिजीवी परिषद्को वार्षिक रुपमा परोपकारका काम गर्ने लक्ष अनुरूप यस बर्ष शैक्षिक सामाग्री र फाइबर सिरक बितरण गरिएको बताउँदै अध्यक्ष रतन बहादुर साउँदले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

परिषद्का परिषद सदस्य भरत खड्काले स्वागत गरेको कार्यक्रमको संचालन उपाध्यक्ष कृष्ण ठकुल्लाले गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode