Hikmat Acharya
  • २५ पुस २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा ड्युटी गरिरहेका प्रहरी सहायक हवल्दारको मृत्यु


डोटी– डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो।

बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए। उनलाई बिहान ३ देखि ६ बजेको ड्युटीमा खटाएको थियो।

ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस भएका थिए। सोही स्थानमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँचपछि थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो।

अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode