Hikmat Acharya
  • २५ पुस २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

आमाले आफ्नै छोरीको हत्या गरेपछि…


काठमाण्डौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ सिस्नेपातालमा दुई जना बालिका घरमै मृत अवस्थामा भेटिएका छन् ।

टेकमान राना र पूर्णिमा रानाका तीन वर्षकी र ६ महिनाकी छोरीहरू आफ्नै घरमा मृत भेटिएका बनगाड कुपिण्डे–११ का वडाध्यक्ष वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

बिहान १० बजेतिर छिमेकीले दुई जना बालिकाको शव घरभित्रै रहेको खबर गरेपछि प्रहरी पुगेको थियो ।

पूर्णिमाले आफैंले छोरीहरूको हत्या गरेको बताएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष बुढामगरले बताउनुभएको छ । पूर्णिमाले गला थिचेर हत्या गरेको बताएकी छिन् ।

तर शव हेर्दा झुन्डिएको जस्तो देखिने वडाध्यक्ष बुढामगरको भनाइ छ । मानसिक रूपमा ठीकठाक रहेकी महिलाले दुवै छोरीको हत्या किन गरिन् भन्ने खुलेको छैन ।

प्रहरीले आमा पूर्णिमालाई पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

मृतक बालिकाका बुबा रोजगारीका लागि नुवाकोटमा रहेका पनि वडाध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode