विवादित वडाध्यक्षको नाम सत्य – काम असत्य
अछाम । इन्टरनेटको जमानामा मानिस चर्चित हुन अनेक तरिकामा लागिरहेका छन् । यसका लागि कतिपयले मानवीय संवेदनामा समेत खेलबाड गर्न पछि पर्दैनन् । यस्ता गतिविधिमा राजनीतिक नेता र जनप्रतिनिधिको भूमिका विशेष गरी उल्लेखनीय देखिन्छ । सस्तो लोकप्रियताको पछि लाग्ने यी व्यक्तिहरू प्रायः झुटा कुरा गरेर नाटक गर्दै समाजमा भ्रम फिँजाउने काममा निकै सक्रिय रहन्छन् ।
भ्रम सिर्जना गरेर सस्तो लोकप्रियताको लागि कमलबजार नगरपालिकाका विवादास्पद वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले झुटो , भ्रामक कुराको सहायता बढी लिएको भेटीएको छ । उनले सस्तो लोकप्रियताका लागि जुन हद पनि पार गर्न तयार रहने र मानवीय संवेदनको पनि ख्याल नगरेको केही तथ्य बाहिरिएका छन् ।
यति उल्लेख गरिसके पछि कमलबजार नगरपालिका वडा नम्बर – ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले आखिर थप कमजोरी के गरे अनि कस्तो झुट बोलेका रहेछन् भन्ने जिज्ञासा उठ्न सक्छ । उनको सस्तो प्रचारबाजी अनि झुटबारे कुइकाका बासिन्दा जानकार नै छन् । उनी नक्कली काम गर्न माहिर छन् भन्ने थाहा नभएको होइन । तर यति सम्म पनि झुट बोल्न सक्लान् भन्ने अनुमान वडा बासीलाई थिएन । किनकि समवेदना दिने अत्यन्तै संवेदनशील विषयमा सफेद झुट बोल्ने कुरा अनुमान भन्दा परको कुरा ।
समाचार स्रोतका अनुसार उनले मानिसको भावना सँग खेलबाड गर्दै मानवता विरोधी काम गरिरहेका छन् । समाचार स्रोतले भन्यो साँच्चै सस्तो लोकप्रियताको लत अनि भोकले मानिस लाई कुन हद सम्म पुर्याउछ त्यसको उदाहरण हुन सत्यराज तिमिल्सैना ।
वडा अध्यक्षमा निर्वाचित भए पछि उनले कमलबजार नगरपालिका – ५ कुईकामा दिवङ्गत परिवार सदस्यलाई आफ्नो सेवा सुविधाबाट किरिया खर्च दिएको सार्वजनिक गर्दै आएका थिए । कोही दिवङ्गत भए पछि उक्त घरमा गएर आफ्नो सेवा सुविधा बाट आर्थिक सहयोग गरेको उनले सामाजिक सञ्जालमा प्रचार गर्दै आएका छन् । ‘मैले मेरो सेवा सुविधाबाट आर्थिक सहायता गरे’ भनेर पोस्ट गरेपछि, आफ्ना समर्थकलाई ‘जनप्रतिनिधि यस्तो हुनुपर्छ, धन्यवाद वडा अध्यक्ष ज्यु’ जस्ता कमेन्ट र सेयर गर्न लगाउँथे।
सस्तो लोकप्रियताका लागि मानवीय संवेदनासँग खेलबाड गरेको उनको व्यवहार मन नपरे पनि, उनले आफ्नो सेवा-सुविधाबाट किरिया खर्च दिएका हुन भने ठिकै छ नि भनेर विरोध पनि भएन ।
सामाजिक मर्यादा र नैतिकताको विपरीत, गरिब र असहाय व्यक्तिहरूसँग सहानुभूति जनाउने नाममा आफ्ना स्वार्थका लागि राज्यको पैसा व्यक्तिगत रूपमा वितरण गर्नु एक निन्दनीय काम हो। यस कार्यको पर्दा च्यात्तिएको छ र सत्यराज तिमिल्सैनाको झुटो दाबी स्पष्ट रूपमा सार्वजनिक भएको छ। उनले सामाजिक सञ्जालमा आफूलाई ठुलो परोपकारी पात्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि, वास्तविकता भनेको उनले सरकारी रकम प्रयोग गरेर व्यक्तिगत प्रचार गर्दै आएका थिए।
यो कार्य राज्य कोषको दुरुपयोगको स्पष्ट उदाहरण हो। कमलबजार नगरपालिका वडा नं. ५ का एक जना स्थानीयवासीको अनुसार, “सत्यराज जी ले नाम अनुसार सत्य बोल्नुपर्थ्यो। ‘मैले मेरो सेवा सुविधाबाट आर्थिक सहायता दिए’ भनेर झुटो कुरा गर्न जरुरी थिएन।” उनी थप्छन्, “गणतन्त्रका नागरिकलाई निगाह होइन, अधिकार चाहिएको हो। आर्थिक सहायता पनि राज्यले नागरिकलाई दिनुपर्छ, त्यसैले यो राज्यको पैसा हो भनेको भए राम्रो हुन्थ्यो।”
महालेखा परीक्षकको कार्यालयले कमलबजार नगरपालिका वडा नं. ५ को सिफारिसका आधारमा १५ जनालाई १०,००० का दरले र १ जनालाई ५०,००० वितरण गरिएको रकममा अनियमितता रहेको ठहर गर्दै दुई लाख रुपैयाँ बेरुजु निकालेको छ।
आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक प्रतिवेदनअनुसार, वडाले गोस्वारा भौचर नं. २१६, मिति २०८०/९/२५ मा आधारित भएर भुक्तानी गरिएको उक्त रकम नगरपालिकाको कार्यविधिअनुसार नियमसम्मत नरहेको प्रष्ट गरिएको छ। प्रतिवेदनमा वडाको सिफारिसका आधारमा राज्य कोषबाट आर्थिक सहायता वितरण गर्ने कुनै व्यवस्था नरहेको स्पष्ट उल्लेख छ।
यो विवरण सार्वजनिक भएपछि वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो सेवा सुविधाबाट सहयोग दिएको भनी गरेको दाबी झुटो प्रमाणित भएको छ। प्रतिवेदनले तिमिल्सैनाले पाउने मासिक सेवा सुविधा २२,००० बाट सहयोग नगरी राज्य कोषकै सरकारी रकम भुक्तानी गरिएको पुष्टि गरेको छ।
सत्यराज तिमिल्सैनाले यस विषयमा फेसबुकमा फोटोसहित आफ्नो योगदानको प्रचार गरे पनि महालेखा परीक्षकको प्रतिवेदनले त्यो दाबी असत्य भएको देखाएको छ। यो घटनाले स्थानीय सरकारमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप अनुगमनको आवश्यकता औँल्याएको छ।
वडा अध्यक्ष तिमिल्सैनाले गरिब असहायहरूको सहयोगका लागी आफ्नो सेवा सुविधाबाट आर्थिक सहायता गरेको भन्दै सामाजिक सञ्जालमा देखाउँदै बाँड्ने गरेको पैसा उनले आफ्नो सुविधा बाट दिएको होइन रहेछ । उनले गाउँमा आफ्नो सेवा सुविधा बाट दिएको होहल्ला गर्ने , सामाजिक संजालमा लेख्ने अनि लेखाउने गरे पनि नगरपालिका बाट भुक्तानी लिने गरेको तथ्य बाहिरिएको छ ।
समाजमा गरिब र असहाय व्यक्तिहरूप्रति सहानुभूति देखाउने बहानामा गरिएका गलत कार्यहरूको पर्दाफास भएको छ । वडा अध्यक्ष तिमिल्सैनाले आफ्नो व्यक्तिगत सेवा भावको प्रचार गरिरहे पनि वास्तवमा त्यो रकम राज्यको कोषबाट लिइएको तथ्य बाहिर आएको छ, जसले उनको नैतिकता र पारदर्शितामा गम्भीर प्रश्न उठेको छ ।
मैले वडा अध्यक्ष बापत पाउने मेरो सुविधा बाट आर्थिक सहयता दिए भनेर फेसबुकमा प्रचार गर्ने अनि सुटुक्क नगरपालिका बाट भुक्तानी लिने सरासर गलत काम भयो एक जना स्थानीय बुद्धिजीवीले भने “मैले वडाध्यक्ष बापत पाउने मेरो सुविधा बाट आर्थिक सहायता दिए भनेर फेसबुकमा प्रचार गर्ने अनि सुटुक्क नगरपालिका बाट भुक्तानी लिने सरासर गलत काम हो,” एक स्थानीय बुद्धिजीवीले भने। उनका अनुसार, वडाध्यक्षको यस्तो गतिविधिले न केवल जनताको विश्वासमा ठेस पुर्याउँछ, तर सरकारी कोषको दुरुपयोगको गम्भीर उदाहरण पनि हो।
जानकारहरूका अनुसार व्यक्तिगत रकम जति पनि वितरण गर्न पाइन्छ तर राज्य कोषको सरकारी रकम आर्थिक सहायता वितरण गरेर मैले व्यक्तिगत दिए भन्न पाइँदैन । जानकारहरूले भने सरकारी रकम वितरण गरेर स्पष्ट रूपमा व्यक्तिगत प्रचारप्रसार गरेको देखिन्छ, जुन नीतिगत मात्रै नभई कानुनी र नैतिक रूपमा पनि गलत छ। यस्तो कार्यलाई अपराध मानिन्छ।
सार्वजनिक कार्यालयका प्रतिनिधिहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा पारदर्शिता र सत्यताको पालना गर्न अत्यन्त महत्त्वपूर्ण छ त्यसैले जनताको विश्वासलाई नष्ट नगरी, सरकारी कोषको दुरुपयोगबाट जोगिन जरुरी रहेको जानकारहरूको जोड छ ।
यो पनि पढ्नुहोस्
पत्रकारलाई गाली गर्ने नक्कली प्रवक्ता बिरुद्द पत्रकार महासंघको बिज्ञप्ति
क्याटेगोरी : पश्चिम खोज, राजनीति, सुदूरपश्चिम
प्रतिक्रिया