Hikmat Acharya
  • ९ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

रुखबाट लडेर बैतडीमा एक जनाको मृत्यु


बैतडी- बैतडीमा भिमलको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउंपालिका वडा नम्बर ५ बारुगाउंका बहादुर सिंह साउंदकि ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो ।

घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकि उनको उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हिउंदमा सुदूर पहाडमा भिमलका रुख काल बन्छन्

भिमलका स्याउला हिंदमा मात्रै काट्ने गरिन्छ् । पहाडी किसानहरु असोज कार्तिकमा खर काटेर थन्क्याइ सक्छन्। सुख्खा घाँस हुन्छ ।

गाइभैंसीका लागि हरियो स्याउलाको रुपमा भिमलका स्याउला काट्ने गरिन्छ । दुध दिने गाइभैंसिका लागि भिमलका स्याउला विषेश मानिन्छ ।

हिंदमा हरियो घांस अथवा स्याउला भिमल नै हुन्छ । भिमलका रुख एकदमै चिसा र रचिप्ला हुन्छन् ।

ठुला रुख, एकदमै चिसा, चिप्ला, र स–साना हांगा फिंजारीएका हुन्छन् । भिमलका स्याउला बढी जसो विहानको समयमा काटिने गरिन्छ् ।

जसकारण हातपनि एकदमै चिसो हुने वा खुट्टामा पनि चिसो र चिप्लो हुदा लड्ने सम्भावना बढी हुन्छ् ।

यसले हिउंदमा पहाडी जिल्लाहरुमा भिमलका स्याउला काट्ने क्रममा अधिकासं नागरिकको लडेर ज्यान जाने गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode