एमाले अछाम एक्सनमा : रावलको अभियानमा जोडिनेहरु पार्टीबाट निष्कासित (विज्ञप्ति सहित )
अछाम । नेकपा एमाले अछाम एक्सनमा उत्रिएको छ ।
पार्टीबाट निष्कासित नेता डा. भीम रावलको पक्षमा जोडिनेहरू विरुद्ध एमाले अछाम एक्सनमा उत्रिएको हो ।
यसै बिच नेकपा एमाले अछामले आज बुधवार विज्ञप्ति जारी गर्दै जिल्ला सचिवालय सदस्य देखी नगर कमिटीका अध्यक्षलाई पार्टीबाट निष्कासित गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह,सचिवालय सदस्य सागर सिंह बाव्ली,जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर,शंकर भुल रतन बहादुर रावल र साँफेबगर नगर कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरलाई पार्टीबाट निष्कासित गरिएको हो ।
निष्कासित गरिएकाहरूले यस अघि पनि पार्टी हित विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएकोमा आगामी दिनमा यस्ता कार्य नगर्ने लिखित जवाफ पेश गरे पनि फेरि पार्टी हित विपरीत गतिविधि र नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै मातृभूमि अभियानमा लागेपछि उनीहरूलाई पार्टीबाट नै निष्कासित गरिएको बताईएको छ ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया