Hikmat Acharya
  • १० माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा चलिरहेको जिपको ढोकाबाट खसेर दुई जना घाइते


डडेल्धुरा– डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्।

गएराति ११ बजे अजयमेरू गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०४००१ च ०००८ नम्बरको बोलेरो जिपको ढोकाबाट खसेर बुवा–छोरा घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका–१ का ५३ वर्षीय गणेश दमाई र उनका छोरा ५ वर्षीय प्रशान्त दमाई रहेको प्रहरीले जनाएको छ।

उनीहरू दुवै जना जिप चलिरहेको अवस्थामा अचानक ढोका खुल्दा खसेका थिए। दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिप र चालक पाटन नगरपालिका–१ का २० वर्षीय रोशनसिंह बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode