Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका बाकावीर र ढकाललाई सहिद घोषणाका लागि सिफारिस गर्ने निर्णय


धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बलदेव शाह (बाकावीर) र लोकराज ढकाललाई सहिद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।

अछाममा जन्मेका बाकावीरले राणा शासनविरुद्ध अभियान चलाएका थिए। निरंकुश शासनको विरोध गर्दै जंगबहादुर राणाको दमनविरुद्ध संघर्ष गर्दा उनको हत्या भएको थियो। यसअघि जिल्ला समन्वय समिति अछामले बाकावीरलाई सहिद घोषणाका लागि प्रदेश सरकारलाई सिफारिस गरेको थियो।

त्यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरका लोकराज ढकाल द्वन्द्वकालमा मारिएका पहिलो व्यक्ति हुन्।

तत्कालीन तरुण दलका सदस्य रहेका ढकाललाई सशस्त्र विद्रोहीले २०५५ साल माघ ४ गते घरमा सुतिरहेको अवस्थामा हत्या गरेका थिए। ढकाललाई सहिद घोषणाका लागि लम्कीचुहा नगरपालिकाले सिफारिस गरेको थियो।

प्रदेश सरकारले दुवै व्यक्तिको योगदानलाई कदर गर्दै सहिद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode