Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

रामारोशनमा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा


अछाम — अछामको रामारोशन गाउँपालिकाले ३०औँ जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँकार्यपालिकाको माघ २७ गते बसेको बैठकले सो निर्णय गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

जनयुद्ध दिवसको अवसरमा रामारोशन–३, मुजाबगरमा शहीद परिवार सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको ऐतिहासिक दिनको सम्झनामा कार्यक्रम आयोजना गरिन लागेको हो।

नेकपा (माओवादी केन्द्र) र नेकपा (विप्लव) को संयुक्त कार्यक्रम

नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को रामारोशन गाउँपालिका कमिटीले संयुक्त रूपमा दिवस मनाउने निर्णय गरेका छन्। रामारोशन गाउँपालिका–५, मुजाबगरमा बृहत् जनसभा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

नेकपा (माओवादी केन्द्र) रामारोशनका इञ्चार्ज पहल साउद का अनुसार गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक प्रणालीको स्थापनामा जनयुद्धको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी भइरहेको छ।

जनयुद्धको उपलब्धि अवमूल्यन गर्ने प्रवृत्तिको खण्डन गरिने

नेकपा अछामका सचिव निरक सी ले पछिल्लो समय जनयुद्धका उपलब्धिलाई अवमूल्यन गर्ने अभिव्यक्तिहरू आइरहेको भन्दै त्यसको खंडन र भण्डाफोर गर्न दिवसलाई भव्य रूपमा मनाउन लागिएको बताए।

कार्यक्रममा शहीद परिवार सम्मान, विभिन्न सांस्कृतिक झाँकी, र गाउँपालिकाका सबै वडाबाट सांस्कृतिक टोलीहरूको प्रस्तुति रहने नेकपा (माओवादी केन्द्र) रामारोशन गाउँपालिका कमिटीका अध्यक्ष खकेन्द्र साउदले जानकारी दिए।

कार्यक्रमलाई ऐतिहासिक बनाउन स्थानीय नेता, कार्यकर्ता, तथा बासिन्दाहरूबीच तयारी तीव्र पारिएको आयोजकहरूले बताएका छन्। सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै आयोजकहरूले कार्यक्रमलाई भव्य बनाउन अपिल गरेका छन्।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode