बान्नीगढी जयगढ गाउँपालिका
रिट खारेज पश्चात् प्रशासकीय भवन निर्माणको बाटो खुल्यो : काम सुरु गर्न पत्राचार

अछाम । सर्वोच्च अदालतले बान्नीगढी जयगढ गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको निर्माण रोक्न दायर गरिएको रिट खारेज गरेको छ।
अदालतको यस निर्णयसँगै गाउँपालिकाले शुरू गरेको भवन निर्माण कार्यलाई निरन्तरता दिने बाटो खुला भएको छ।
स्थानीय डम्बर बहादुर स्वारसहित केही व्यक्तिहरूले सडक क्षेत्र मिचिएको आरोप लगाउँदै गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट खारेज भएपछि गाउँपालिकाले प्रशासनिक भवन निर्माण कार्यलाई बिना रोकावट अगाडि बढाउन सक्ने अवस्थामा पुगेको छ।
सर्वोच्च अदालतको रिट खारेज निर्णय पश्चात् गाउँपालिकाले भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई कार्य अघि बढाउनको लागि पत्राचार गरेको छ । यससँगै अब भवन निर्माण कार्यको अघि बढ्ने सुनिश्चित भएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनि नारायण/उपहार जे.भी.लाइ रिट खारेजको सूचना दिएर भवन निर्माण अघि बढाउन पत्राचार गरेका छन् ।
रिट खारेजसंगै यसले गाउँपालिकाको प्रशासनिक कामकाजलाई सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
यो पनि पढ्नुहोस् :
बान्नीगढीको प्रशासनिक भवनको मुद्दाको सर्वोच्च अदालतमा भोली पेशी: आउला त आदेश ?

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया