Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी छिर्यो मातृभूमि जागरण : लाल कामीको संयोजकत्वमा तदर्थ समिति गठन


अछाम – पूर्वउपप्रधान तथा रक्षामन्त्री डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिकामा पालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

जयगढमा पालिका स्तरीय भेला पश्चात् तदर्थ समिति र परिषद गठन गरिएको हो ।

जस अन्तर्गत वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष लाल कामीको संयोजकत्वमा २५ सदस्य तदर्थ समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा टंक रेग्मी रहेका छन् । रेग्मी एमाले निकट रिटरी फाउण्डेनका अछाम जिल्ला अध्यक्ष हुन् ।

अभियानका लागि बान्नीगढी गाउँपालिकामा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य र पालिका इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका डवल ठकुल्ला संयोजक रहने गरि ११ सदस्यिय परिषद गठन गरिएको छ ।

डवल ठकुल्लाको अध्यक्षतामा भएको पालिका स्तरिय भेलामा अभियानका अथुवा दुधकला बिष्ट प्रमुख अतिथि रहेकि थिईन् भने केशर मिया,हर्क कुँवर,प्रकाश बहादुर शाह,रतन बहादुर रावल लगायतका अतिथि रहेका थिए ।

यस अभियानको नेतृत्व गर्ने डा. भीम बहादुर रावलले हालसम्म देश र विदेशमा विभिन्न भेला र कार्यक्रम आयोजना गर्दै अभियानलाई फैलाउन लागि परेका छन् । डा. रावल यसै शृंखलामा अहिले भारतमा रहेका छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode