नक्कली कागजात बनाएर वन पैदावार बेचबिखन : वन सचिव तिमिल्सैना पक्राउ

अछाम । डिभिजन वन कार्यालय अछामले कमलबजार नगरपालिका–५ स्थित पाँचुलि चैतेपातल सामुदायिक वनबाट सेटिङ मिलाएर वन फडानी गरेको आरोपमा सामुदायिक वनका सचिव छत्रराज तिमिल्सैनालाई पक्राउ गरेको छ।
उनले नक्कली कागजात बनाएर वन पैदावार संकलन तथा बिक्री गरेको आरोप लगाइएको छ।
डिभिजन वन कार्यालय मंगलसैनका प्रमुख जनक पाध्याका अनुसार तिमिल्सैनाले सामुदायिक वनको नाममा झुटो बैठकको कार्यवृत्त तयार गरी १३ हजार किलो चुत्रो (तिर्खुला)कटानको अनुमति लिएका थिए।
यसरी वन समितिका अध्यक्ष, वडा अध्यक्ष र अन्य पदाधिकारीलाई जानकारी नदिई एक्लै निर्णय गरिएको बताइएको छ।
अवैध वन फडननीबारे समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी आनन्द सारू डिभिजन वनका अधिकारी तथा सरोकारवाला निकायले सामुदायिक वनको अनुगमन गरेका थिए।
प्रारम्भिक अनुसन्धानपछि तिमिल्सैनालाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ।
डिभिजन प्रमुख पाध्याले जिल्ला अदालत अछामबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइने जानकारी दिनुभएको छ।
अछाममा सामुदायिक बन फडानी: पदाधिकारी र डिभिजन बन कार्यालयको मिलेमतो

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : अपराध, पश्चिम खोज, सुदूरपश्चिम
प्रतिक्रिया