जयगढ आगलागी
पालिका सरकार आगलागी पिडितको साथमा छ : अध्यक्ष साउँद
आगलागी पिडितको खाद्यान्न सहित आवासको व्यवस्था आजै हुने

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाले हालै भएको आगलागीबाट पीडित भएकाहरूलाई तत्काल खाद्यान्न, लुगा कपडा तथा अस्थायी आवासको व्यवस्था गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदका अनुसार हिजो भएको आगलागीमा पूर्ण रूपमा क्षति व्यहोरेका पीडितहरूको उद्धार र राहतका लागि पालिकाले तत्काल कदम चालेको हो।
आगलागीबाट प्रभावितहरू तथा सरोकारवालासँगको छलफलपछि क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ। प्राप्त विवरण अनुसार भौतिक संरचना बाहेक नगद, जिन्सी र अन्य सामग्री गरी आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक संकलन गरिएको छ।
अध्यक्ष साउँदले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूलाई मनोबल उच्च राख्न आग्रह गरेका छन्। “यो बिपदको अवस्थामा सरकार तपाईंहरूकै साथमा छ,” उनले भने, “पुनर्स्थापनाका लागि गाउँपालिका मात्र नभई प्रदेश र संघ सरकारसहित अन्य निकायहरूसँग आवश्यक पहल भइरहेको छ।”
उनले बिपदको यो घडीमा सबै पक्षलाई सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन्।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया