Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी : पिडितलाई संत निरंकारी मण्डल नेपालको १ लाख सहयोग


अछाम । बान्नीगढी जयगढ गाउँपालिको जयगढ बजारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई राहतस्वरूप संत निरंकारी मण्डल नेपालले आर्थिक सहयोग गरेको छ।

मण्डलले एक लाख एक हजार रुपैयाँ (रु. १,०१,०००) नगद सहयोग गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई हस्तान्तरण गरेको हो।

आर्थिक सहायता कार्यक्रममा संत निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सहयोग रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष साउँदले संत निरंकारी मण्डल नेपालप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय सहयोगले संकटमा परेकाहरुलाई राहत मिल्ने बताए।

आगलागीबाट प्रभावित परिवार अहिले अस्थायी आवासमा बस्दै आएका छन्। स्थानीय सरकार र विभिन्न संघसंस्थाहरूबाट राहत तथा पुनःस्थापना सहयोगको पहल भइरहेको छ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode