Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढका आगलागी पीडितलाई सम विकास नेपालको राहत


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा गएको मंगलबार भएको आगलागीबाट विस्थापित भएकाहरूको सहयोगार्थ सम विकास नेपाल अछामले राहत सामग्री हस्तान्तरण गरेको छ।

आगलागी पीडितका लागि खाद्यान्न तथा लुगाकपडा लगायतका राहत सामग्री संस्थाका अध्यक्ष सत्य स्वारले गाउँपालिकाको राहत संकलन तथा व्यवस्थापन समितिका अध्यक्ष किरण खत्रीमार्फत हस्तान्तरण गरेकी हुन्।

अध्यक्ष स्वारले बिपद्‌को घडीमा पीडितहरूलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको बताइन्।

राहत सामग्री ग्रहण गर्दै राहत संकलन तथा व्यवस्थापन समितिका अध्यक्ष किरण खत्रीले परोपकारी कार्यका लागि सम विकास नेपाललाई धन्यवाद व्यक्त गरे। साथै उनले जयगढका आगलागी पीडितको पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन्।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode