Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफे एयरपोर्टमा भाेली देउडा खेल लाग्ने : विपना सिँह र राम साउँद आउने


अछाम । अछामको साँफेबगरस्थित एयरपोर्ट बजारमा नयाँ वर्ष २०८२ को अवसर पारेर देउडा खेल कार्यक्रम हुने भएको छ।

साँफे एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा बैशाख ३ गते दिउँसो ३ बजेबाट शुभकामना आदानप्रदानसहित देउडा सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष राम बहादुर कुँवरले जानकारी दिए।

कार्यक्रम साँफे एयरपोर्ट बजारको खुला मञ्चमा आयोजना गरिने छ भने हालका चर्चित देउडा गायिका विपना सिंह र गायक रामबहादुर साउदले विशेष प्रस्तुति दिने अध्यक्ष कुँवरले बताए।

नयाँ वर्षको उत्सवलाई सांस्कृतिक र मनोरञ्जनात्मक रूपले मनाउन आयोजना गरिने यस कार्यक्रमले देउडा संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ।


क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode