जयगढका आगलागी पीडितलाई जापानबाट करन थापाको १० हजार सहयोग

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारलाई जापानमा रहेका करन थापाले आर्थिक सहयोग गरेका छन्।
मंगलसेन नगरपालिका–१, कुन्ती ढुङ्गानी घर भई हाल जापानमा बसोबास गरिरहेका २३ वर्षीय थापाले पीडितका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन्।
नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आएका थापा सामाजिक कार्यमा पनि सक्रिय छन्। राजनीतिक रूपले अछामका युवाहरू माझ लोकप्रिय रहेका थापाले विपद्को यस घडीमा पीडितलाई राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन्।
“बिपद् र संकटको समयमा आफन्त र दाजुभाइले सानो साथ र सहयोग पुर्याउँदा पीडितलाई केही राहत मिल्छ भन्ने सोचेर सहयोग गरेको हुँ,” थापाले सामाजिक सञ्जालमार्फत बताएका छन्।
गएको चैत्र २६ गते जयगढमा भएको आगलागीले स्थानीयको ७ करोड बढिको नगद सहित धनमालको ठूलो क्षति पुर्याएको थियो।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया