Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

आगलागीले क्षतिग्रस्त जयगढ पुगे मन्त्री पाल : राहत र सहयोगमा जुट्ने प्रतिबद्धता


अछाम । सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले अछामको जयगढ बजारमा हालै भएको विनाशकारी आगलागीपछि स्थलगत निरीक्षण गर्दै पीडितहरूसँग भेट गरेका छन्।

बान्नीगढी जयगढ गाउँपालिका–३ मा पर्ने जयगढ बजारमा आज मन्त्री पालसँग सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए। निरीक्षणका क्रममा मन्त्री पालले क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्दै प्रभावितहरूसँग संवाद गरेका थिए।

उनले प्रारम्भिक चरणमा प्रदेश सरकारले ५० लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी दिए। मन्त्री पालले भने, “स्थिति गम्भीर छ। आवश्यक परे थप राहत र सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्नेछ।”

निरीक्षण टोलीमा नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी पनि सहभागी थिए।

उनीहरूले गाउँपालिका अध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिसँग बसेर आगलागीपछिको अवस्थाबारे विस्तृत छलफल गरेका थिए।

छलफलका क्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले स्थलगत निरिक्षणमा प्रदेश सरकारका तर्फबाट यसअघि पनि २ मन्त्रीले निरिक्षण गरिसकेकोमा भौतिक मन्त्री समेत स्थलगत निरिक्षणमा पुगेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

मन्त्रीहरु र विभिन्न निकायका व्यक्तिहरुको भ्रमण भ्रमणमै सिमित नभई पिडितहरुको पुनर्स्थापनाका लागि फलदायिक बन्नुपर्नेमा उनले जोड दिए ।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode