‘हाम्रो पहिचान’ परियोजनाको वार्षिक समीक्षा : किशोरी सशक्तिकरणमा उल्लेख्य योगदान

अछाम । सम विकास नेपालले सञ्चालन गरेको ‘हाम्रो पहिचान’ परियोजनाको वार्षिक समीक्षा कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय दातृ संस्था ओबामा फाउण्डेसनको आर्थिक सहयोगमा अछामका चारवटा पालिकामा सञ्चालित यस परियोजनाको एक वर्षको प्रगति विवरण र उपलब्धिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा परियोजनाबाट सञ्चालित विभिन्न गतिविधि, सिर्जनात्मक कार्य, तथा हासिल उपलब्धिहरूबारे विस्तृत प्रस्तुतीकरण गरिएको छ । परियोजनाले चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मंगलसैन नगरपालिकाका विभिन्न वडाका २४ जना अपाङ्गता भएका व्यक्ति तथा किशोरीहरुलाई व्यवसायिक रूपमा स्थापित गर्न आर्थिक सहयोग पुर्याएको बताएको छ।
यसैगरी, किशोरी र अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसायिक तालिम, स्वरोजगार प्रशिक्षण, तथा आत्मनिर्भर बनाउने कार्यक्रमहरू सञ्चालन गरिएको छ। परियोजनाले बाल विवाह विरुद्ध जागरूकता अभियान, वडा सरकारमार्फत अभिभावकहरूसँग पत्राचार, तथा बजेट निर्माणका लागि छलफल जस्ता गतिविधिहरू पनि गरेको छ।
समीक्षा कार्यक्रमका प्रमुख अतिथि रहेकी बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले परियोजनाले सीमित स्रोतमा किशोरी र अपाङ्ग व्यक्तिहरूको सशक्तिकरणमा गरेको योगदान प्रशंसनीय बताउँदै स्थानीय सरकारले यस्ता कार्यक्रम अनुकरण गर्नुपर्ने बताइन्।
सिमित लगानीका बिच परियोजनाले हाँसिल गरेका उपलव्धिहरु प्रशँसनिय रहेको बताउलै उनले परियोजनाले सुरुवात गरेका प्रयासलाइ स्थानीय सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिएकि छन् ।
संस्थाका अध्यक्ष सत्य स्वारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष दुधकला बिष्टले स्वागत मन्तव्य, परियोजना प्रमुख पवन गिरिले सहजीकरण गरेकि थिईन् । कार्यक्रमको सञ्चालन विस्ना साउदले गरेकी थिइन्।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया