जयगढ आगलागी पीडितका लागि आकाशको १० हजार सहयोग

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा हालै भएको आगलागी पिडितहरुको राहत तथा पुनर्स्थापनाका लागि आकाश ठकुल्लाले १०,००० रुपैयाँ सहयोग गरेका छन्।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ घर भई हाल कञ्चनपुरमा रहदै हाल पूजा फुड्स प्रा.लि.मा मार्केटिंग ग्रुप लिडरका रुपमा कार्यरत उनले व्यक्तिगत रुपमा उक्त सहयोग गरेका हुन्।
उक्त सहयोग खगेन्द्र साउदद्वारा संचालन गरिएको आर्थिक संकलन अभियानमार्फत प्राप्त भएको हो।
स्थानीय युवाहरु सम्मिलित एक समुहले खागेन्द्र साउँदको सक्रियतामा आगलागी पिडितको उद्दार तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरिरहेको छ
उनका अनुसार हालसम्म उक्त अभियान अन्तर्गत डेढ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने थप सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।
पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालित अभियानमा विभिन्न स्थानबाट सहयोग प्राप्त भइरहेको छ। संकलित रकम पीडित परिवारको पुनस्र्थापना तथा आवश्यक राहत व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया