जयगढका आगलागी पीडितलाई कोरियाबाट दिनेशकोे १० हजार सहयोग

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारलाई कोरियामा रहेका दिनेश साउँदले आर्थिक सहयोग गरेका छन्।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी मालुकाट्टे घर भई हाल कोरियामा बसोबास गरिरहेका दिनेशले पीडितका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन्।
सामाजिक कार्यमा सक्रिय रहेका उनले विपद्को यस घडीमा पीडितलाई राहत मिलोस भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन् ।
गएको चैत्र २६ गते जयगढमा भएको आगलागीले स्थानीयको ७ करोड बढिको नगद सहित धनमालको ठूलो क्षति पुर्याएको थियो।
स्थानीय युवाहरु सम्मिलित एक समुहले खागेन्द्र साउँदको सक्रियतामा आगलागी पिडितको उद्दार तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया