आगलागी पीडितका लागि इटलीबाट लक्ष्मण थापाको १० हजार सहयोग

अछाम – बान्नीगढी जयगढ गाउँपालिकाकाे जयगढ बजारमा गएको चैत्र २६ गतेको विनाशकारी आगलागी पीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि इटलीमा रहेका लक्ष्मण थापाले १०,००० रुपैयाँ सहयोग गरेका छन्।
थापा हाल वैदेशिक रोजगारीकाे शिलशिलामा इटलीमा रहे पनि आफ्नो जन्मथलोप्रतिको माया र जिम्मेवारी स्वरूप व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका हुन्।
उनको यो सहयोग खगेन्द्र साउदको अगुवाइमा युवाहरुद्वारा सँचालित आर्थिक सहयोग संकलन अभियानमार्फत प्राप्त भएको हो। साउदको संयोजनमा हालै सुरु गरिएको उक्त अभियानले पीडितको उद्दार तथा पुनस्र्थापनाका लागि सहयोग जुटाइरहेको छ।
अभियान संयोजक साउदका अनुसार हालसम्म विभिन्न सहयोगी हातबाट करिव २ लाख रुपैयाँ रकम संकलन भइसकेको छ भने थप सहयोग प्राप्त हुने क्रम जारी छ।
पीडित परिवारलाई आवश्यक राहत र पुनस्र्थापनामा खर्च हुने गरी संकलित सम्पूर्ण रकम व्यवस्थित रूपमा उपयोग गरिने जनाइएको छ।
सहयोगदाताहरूलाई धन्यवाद व्यक्त गर्दै संयोजक साउदले आगामी दिनमा पनि मानवीय संवेदनाबाट प्रेरित सहयोग आवश्यक रहेको बताए।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया