आगलागी पीडितलाई गणेशको साथ : राहतमा १० हजार बढी सहयोग

अछाम । बान्नीगढी जयगढ गाउँपालिका–६,दर्ना निवासी तथा सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,अछाम शाखाका प्रबन्धक गणेश साउदले जयगढका आगलागी पीडितहरूका लागि व्यक्तिगत रूपमा नगद रु १० हजार ५ सय ५१ सहयोग गरेका छन्।
जयगढ बजारमा गत चैत २६ गते साँझ भएको विनाशकारी आगलागीबाट पूर्ण रूपमा क्षति भएका परिवारहरूको राहात तथा पुनर्स्थापनाका लागि विभिन्न युवाहरूको सक्रियतामा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको छ।
सोही अभियानमार्फत साउदले सहयोग गरेका हुन्। अभियानमा सक्रिय खगेन्द्र साउदका अनुसार हालसम्म व्यक्तिगत रुपमा दिइएको राहत सहयोगमा गणेश साउदको योगदान सबैभन्दा ठूलो रहेको छ।
खगेन्द्र साउदसहित स्थानीय युवाहरूको अगुवाइमा सञ्चालित अभियानले हालसम्म २ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरिसकेको छ भने थप सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।
संकलित रकम पीडित परिवारहरूको पुनर्स्थापना तथा आवश्यक राहत व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।
उक्त आगलागीमा २५ घर तथा टहरा र तीनमा सञ्चालित ३५ वटा पसल पूर्णरूपमा ध्वस्त भएका थिए। प्रारम्भिक विवरणअनुसार आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया