विश्व क्षयरोग दिवस
क्षयरोगका लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन डा. वास्कोटाको आग्रह (कुराकानी सहित)
![](https://www.paschimraibar.com/wp-content/uploads/2023/03/60905bb5-442a-4821-ab09-ac36d9a58956.jpg)
जिल्ला अस्पताल अछाममा कार्यरत एम.डी.जी.पी डा. सोनाली बास्कोटाले क्षय रोगका लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी छन् ।
समयमै रोग पत्ता लागेमा चाडै पूर्ण रुपमा सन्चो पार्न सकिने भएकाल लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेकी हुन् ।
निरन्तर खोकी लाग्ने , बेलुकी पख ज्वरो आउने , ज्वरो आउँदा पसिना आउने , खकारमा रगत देखिने , भोक नलाग्ने जस्ता लक्षणहरू देखा परेमा क्षयरोग लागेको हुनसक्ने उनले उल्लेख गरेकी छन् ।
क्षयरोग श्वासप्रश्वासका माध्यमबाट सर्ने सरुवा रोग भएकाले यसबाट बच्न निकै सजगता अपनाउनुपर्नेमा उनले जोड दिएकी छन् ।
क्षयरोगबाट सङ्क्रमि व्यक्तिलाई सुरक्षित तरिकाले छुट्टै ठाउँमा राख्नुपर्ने र नजिक जाँदा मास्क ग्लोब्स लगायतका सुरक्षाका सामाग्रीहरूको प्रयोग गरेर मात्रै नजिक जानुपर्ने उनले उल्लेख गरेकी छन् ।
यसैबिच आज हामीले विश्व क्षय रोग दिवसको अवसर पारी जिल्ला अस्पताल अछाममा कार्यरत एम.डी.जी.पी डा. सोनाली बास्कोटासंग क्षयरोग लाग्नुका कारण र बच्ने उपायका बारेमा कुराकानी गरेका छौँ ।
कुराकानी डा. सोनाली .
![](https://www.paschimraibar.com/wp-content/uploads/2023/02/BHANU-.jpeg)
क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया