Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो


धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

ना ६ ख ६५७८ नम्बर र प्रदेश १–०१–००१ ख ९२९२ नम्बरका दुई वटा ट्रक ठोक्किँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको ज्यान गएको हो ।

दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते हुनुभएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode