Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछाम दरबार पुनर्निर्माण ढिलाइबारे सांसद शाहद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ सहित)


प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले अछाम दरबार पुनर्निर्माणको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले अछाम दरबार पुन निर्माणमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

१० बर्षे सशस्त्र आन्दोलनका क्रममा २०५८ फागुन ४ गते तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आक्रमण गरी ध्वस्त बनाएको दरबार पुन निर्माणमा ढिलाइ भइरहेकाले पुन निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सांसद शाहले माग गरेका छन् ।

अछाम क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद शाहले अछाम जनताको आस्थाको धरोहर ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा निर्माण कार्य सुरु भएको १५ वर्ष बितिसक्दा समेत निर्मा का सम्पन्न नहुनु अछामवासीका लागी दुःखको विषय भएको भन्दै निर्माण कार्य सम्पन्न हुन नसक्नुको कारणबारे प्रश्न गरेका हुन् ।

संसदमा बोल्दै शाहले २०६५ सालमा ठेक्का भएको दरबार नबन्नुको कारण के हो ? ठेक्कादारले निर्माणको काम रोक्नुको कारण के हो ? यसमा राज्य किन मौन रह्यो ? भन्दै प्रश्न गरेका थिए ।

उनले दरबार निर्माण कार्यमा ढिलाइ हुनुको कारणबारे आवश्यक छानबिन गरी निर्माण कार्यलाई सुचाु गरान रारको ध्यानाकर्षण गराएका छन् ।

भिडिओ :


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode