तुर्माखाँदमा निःशुल्क आँखा शिविर सम्पन्न : ७ सय १४ जना लाभान्वित
तुर्माखाद गाउँपालिकामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
तुर्माखाँद गाउँपालिका अछाम र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शुक्रवारदेखि संचालन भएको आँखा शििरमा ७ सय १४ जनाले निःशुल्क आँखा परीक्षण सेवा पाएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एकेन्द्र बहादुर बयकका अनुसार शिविरमा ७ सय १४ जनाको आँखा परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको छ ।
शिविरबाट १०० जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया समेत गरिएको छ भने १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । यस्तै आँखामा सामान्य समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि समेत ितरण गरिएको बताइएको छ ।
शिविर सम्पन्न भएसँगै गाउँपालिका अध्यक्ष डम्बर बि.सी.ले पालिकाका आम नागरिकको स्वास्थ्य सहजताका लागी प्रत्येक बर्ष कम्तीमा १ पटक शिविर आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया