अछाममा स्कुटर सहित एक जना मृत भेटिए
अछाममा १ जना मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको साँफेबगर नगरपालिका १ बैधनाध कालिमाटिका अन्दाजी ५० बर्षिय गणेश नाथ योगि मृत भेटिएका हुन।
योगि सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटर सहित सडकबाट तल खसेका अवस्थामा मृत भेटिएका हुन।
घटना हेर्दा दुर्घटना जस्तो देखिएको परिवारले आफुहरु नपुग्दा सम्म शव नउठाउनु भनेका कारण शव घटना स्थलमा रहेको प्रहरीले बताएको छ ।
योगि बैधनाथ धाम पर्यटन विकास तथा ब्यावस्थापन समितिका सदस्य समेत हुन।घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । निराकरण खबर साभार
क्याटेगोरी : समाचार
प्रतिक्रिया