Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण


विभिन्न श्रम गन्तव्य देशमा जेलमा रहेका नेपालीको उद्धारका लागि संसदमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न देशमा पुगेका नेपाली श्रमिकलाई सहज रूपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो ।

‘हाम्रो देशको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ, गत वर्ष नेपालले करिब १० खर्ब सात अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ, तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन’ सांसद कार्कीले भन्नुभयो, ‘उनीहरुको रिहाइ, उद्धार, सुरक्षा र सहज रपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रूपले आकृष्ट गर्न चाहन्छु ।’

विदेश गएका नेपाली श्रमिकलाई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जनाका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद बिजुला रायमाझीले नेपालका युवालाई बिदेसिनबाट रोक्न सरकारले बनाएको योजनाबारे प्रश्न गर्नुभयो ।

‘हाम्रा युवा नेपालमा बस्ने वातावरण कहिलेदेखि बन्छ रु विदेशबाट केही गौँ भनेर नेपाल फर्किएका व्यक्तिले सञ्चालन गरेका व्यवसाय धराशायी भइरहँदा उनीहरुलाई नेपालमै टिक्नसक्ने अवस्था बनाउन सरकारले के योजना बनाएको छ’ उहाँले संसदमार्फत सरकारलाई प्रश्न गर्नुभयो ।

 

 


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode