छातासैनमा संचालित कृषि योजनाको अनुगमन : के भन्छन् गाउँपालिका अध्यक्ष साउँद (भिडिओ सहित)
बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ र ६ मा आलु विकास कार्यक्रम अन्तर्गत संचालित बिभिन्न कृषि योजनाको अनुगमन गरिएको छ ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद नेतृत्वको सरोकारवालाको टोलीले पालिकाको वडा नम्बर ३ को छातासैन र वडा नर ६ दर्ना काँडाकोटमा आलु विकास कार्यक्रम अन्तर्गत संचालित बिभिन्न कृषि योजनाको अनुगमन गरेको हो ।
छातासैन र काँडाकोटमा गाउँपालिका र बिभिन्न परियोजनाको लागतका साना सिँचाई पोखरी,रष्टिक स्टोर लगायतका योजनाहरू कार्यान्वयन चरणमा रहेका छन् ।
छातासैनमा कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको लागत साझेदारीमा निर्माणाधीन रष्टिक स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानन््ी कृषि आधुनिकीकरण परियोजना,आलु जोन कार्यक्रम अन्तर्गत परियोजनाको १८ लाख र बान्नीगढी जयगढ गाउँपालिकाको १ लाखको लागतमा छातासैनमा रस्टिक स्टोर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
छातासैनमा गाउँपालिकाको कृषि विकास शाखाको आलु विकास कार्यक्रम अन्तर्गत ६ लाखको लागतमा २ वटा साना सिँचाई पोखरी निर्माण कार्य जारी रहेको छ भने दर्ना काँडाकोटमा ३ लाखको लागतमा साना सिँचाइ पोखरी निर्माण कर् अन्तिम चरणमा पुगेको छ ।
दर्नामा कृषि विकास शाखाको आलु विकास कार्यक्रमको ३ लाख सहयोगमा दर्ना कृषि सहकारी संस्था मार्फत साना सिँचाई निर्माण भईरहेको हो ।
कृषि परियोजनाहरूको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले छातासैन र काँडाकोट क्षेत्रमा संचालित कृषि परियोजनाहरूको निर्माण कार्य सन्तोषजनक रहेको बताएका छन् ।
छातासैनमा कृषि तथा कृषि पर्यटनको प्रचुर सम्भावन रहेकोारे फू जानकार रहेको बताउँदै उनले आफ्नो कार्यकालमा छातासैन र काँडाकोटका प्रचुर सम्भावनालाई उजागर गरि भरपुर सदुपयोग गर्न कञ्जुस्याँइ नगर्ने उल्लेख गरेका छन् ।
छातासैनमा निर्माणाधीन रष्टिक स्टोर संचालनमा आएसंगै यस क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषी उत्पादनहरुको बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष साउँदले विश्वास व्यक्त गरेका छन् ।
कृषकहरलाई व्यवसयीक रुपमा आधुनिक कृषि प्रणालीमा आबद्ध गर्न गराउन गाउँपालिकाका तर्फबाट आवश्यक कार्यक्रमहरू संचालन गर्ने उनले उद्घोष गरेका छन् ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकार कृषि शाखा प्रमुख गोविन्द ठकुल्ला लगायत सहभागी भएका थिए ।
कुराकानी :- टेक बहादुर साउँद
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : Podcast, कृषि, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया